नियम २०
बिद्यालयलाई सहयोग उपलब्ध गराउने
: (१) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीका लागि विशेष शिक्षा कार्यक्रम सञ्चालन गरेका सामुदायिक विद्यालयको पूर्वाधारलाई त्यस्ता विद्यार्थीको लागि पहुँचयुक्त बनाउन त्यस्तो विद्यालयको आवश्यकता तथा सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा पहुँचयुक्त छात्रावासको सुविधा सहितको आर्थिक, प्राविधिक सहयोग तथा आवश्यक सामग्री उपलब्ध गराउनेछ ।
(२) उपनियम (१) बमोजिमको विद्यालयको भौतिक पूर्वाधार तथा अन्य सेवा सुविधाको विकासको लागि सम्बन्धित स्थानीय तहले तीस प्रतिशत लगानी गर्ने प्रतिबद्धता गरेमा बाँकी लगानीको लागि कार्यक्रमको आधारमा सम्बन्धित विद्यालयलाई नेपाल सरकारले आर्थिक सहयोग उपलब्ध गराउनेछ ।